२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

सरकार र आन्दोलनरत डाक्टरबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं, १३ असोज। सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति भएको छ । आज गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टरहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

पोखराको मणिपाल शिक्षण अस्पताललगायत विभिन्न ठाउँमा डाक्टरमाथि आक्रमण भएपछि सुरक्षाको प्रत्याभूति माग गर्दै डाक्टरहरुले आन्दोलन घोषणा गरेका थिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी टोली र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका प्रतिनिधिबीच शनिबार वार्ता भएको थियो ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस