२०८३ बैशाख २३ गते बुधवार | 2026 May 6th Wednesday

दाङमा टेलि सिरियल डिङ्नो जिबनको शाहाराको छायांकन हुँदै

निरला अर्याल

तुलसीपुर, १४ असोज । दाङमा टेलि सिरियल डिङ्नो जिबनको साहाराको छायांकन गरिने भएको छ । दाङ जिल्लाको भाषा, कला- संस्कृतिलाई झल्काउने गरि पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित रहेर टेलि सिरियल छायांकन हुन लागेको हो । जिबनको साहाराको रूपमा रहेको डिङ्नोले दाङको भाषा, संस्कार, रीतिरिवाज र रहनसहन समेटेको छ । दाङका पर्यटकिय क्षेत्रहरुमा छायांकन गर्न उक्त टीम दाङ आएको टेलि सिरियल डिङ्नोका निर्देशक बिष्णु बुढाथोकीले जानकारी दिनुभयो । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै कलाकार तथा निर्देशक बुढाथोकीले भन्नुभयो- बुढेसकालको साहारा बन्ने डिङ्नो ले आफ्ना छोरा छोरीलाई बुबा आमाले गलत बाटोमा जान नदिनकको लागि प्रयोग गर्नु हुन्छ । विविध कारणले घर, देश छोड्न बाध्य भएका नेपालीहरुको अन्तरमनको व्यथा समेटिएको टेलिसिरियल हो डीङ्नों उहाँले भन्नु भयो । दाङका विभिन्न पर्यटकीय क्षेत्रमा ५ सय भाग छायांकन गरिने जानकारी दिनुभयो ।
संघका अध्यक्ष्य सन्तोष केसीको अध्यक्षतमा भएको साक्षात्कार कार्यक्रमममा बोल्दै पटकथा तथा संवाद पूर्ण गन्धर्वले समाजका हरेक क्षेत्रहरु सामाजिक, आर्थिक राजनैतिक तवरबट अस्तव्यस्त भएको बताउनु भयो यो समयमा यही बेसहारा को साहारा, भरोसा बन्दै गएको डीङ्नो गहन बिषयबस्तु बोकेको छ । असोज १५ गते बाट बंबई गाउँपालिकाकाे विभिन्न ठाउँबाट छायांकन सुरु गर्ने समेत जानकारी दिनुभयो । कार्यक्रममा नाट्यकर्मी महासंगका महासचिव जेबि डी सि कलाकार तथा परिकल्पनाकार कुलदीप अधिकारी, कलाकार सरिता कठ्यत, अनिसा न्यौपाने र सन्तोषी पौडेल को उपस्थिति रहेको थियो । संघका संस्थापक उपाध्यक्ष चेतन रेग्मी, सल्लाहकार सरद रेग्मी लयतकाले टेलिसिरील छायांकन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । संघका सदस्य झाग्गु भण्डारीको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रमक सहजीकरण सचिव निरला अर्यालले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस