२०८२ असार ३० गते आइतवार | 2025 July 13th Sunday

राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्लाको साधारण सभा तथा तेस्रो अधिवेशन तुलसीपुरमा सम्पन्न

दाङ, १७ असोज । राष्ट्रिय संगीतकर्मी संघ दाङको तेस्रो अधिबेशन मंगलवार दाङको तुलसीपुरमा सम्पन्न गरेको छ। जसले नयाँ नेतृत्व समेत चयन गरेको हो ।


तुलसीपुर उपमहानगरपालिकाको सभाहरूमा सम्पन्न गरिएको अधिबेशन बाट अध्यक्षमा दिपक ओलि , बरिस्ठ उपाध्यक्ष एच. आर. मगर , प्रथम उपाध्यक्ष उषा दशौदि , उपाध्यक्ष कमल खड्का , दिपक बर्मा, हरिकला बुढा , श्रीधर कडेल, सचीव भिम बहादुर ओलि , सह सचिव ईश्वर बि सि , प्रबक्ता रमेश ओलि , कोषाध्यक्ष टंक खड्का , सह कोषाध्यक्ष वीर बहादुर बि क , सदस्यहरु , करन ओलि , दामोदर केसि ,रमेश जैशी , हर्क बहादुर बि क , बेल मति बि क , पुजा बि क , प्राबति बि क , बसन्त बाबू ओलि , आशा बुढामगर , बिमला थापा मगर , लोक बहादुर बि क , हरि प्रसाद पाण्डे , अस्मिता के सि,जानकी बि क , वसन्त रानामगर , गुमाणसिंह केसि सल्लाहकारहरु , सन्तोष कुमार गुप्ता , शंकरमान बिस्ट , राजकुमार ओलि लाई नयाँ नेतृत्वमा मनोनीत गरेको हो।

नवनियुक्त टिमलाई शुभकामना दिदै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले राज्यले गर्नुपर्ने काम राष्ट्रिय संगीतकर्मीले गर्दै आइरहेको बताए। विभिन्न खालका कलाकार स्थापित गर्न राष्ट्रिय संगीतकर्मी संघले महत्त्वपूर्ण भुमरीमा निर्भाह गर्छ भन्नेमा आफु विश्वस्त भएको र आफुबाट हुन्न सक्ने सम्पुर्ण सहयोग भैरहने समेत बताए ।

त्यस्तै विशिष्ट अतिथि राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उपाध्यक्ष तथा का.वा अध्यक्ष प्रकाश कटुवालले राष्ट्रिय संगीतकर्मी हजारौं संगीत क्रमिहरुको साझा संस्था भएको बताएका हुन् । यस्तै उनले भन्ने राष्ट्रिय संगीतकर्मी संघ मात्र यस्तो संस्था हो जहाँ कुनै पाटीको कुरा नभई नेपाली संगीतलाई माया गर्ने विभिन्न जात ,जाति , धर्म , बर्ग समुदायको साझा संस्था हो। त्यसैले राष्ट्रिय संगीतकर्मी संघ कुनै एउटा विधामा आवद्ध व्यक्ति हरुलाई मात्र नभई विभिन्न विधाका व्यक्तिहरुलाई समेटने समेत उनले बताए । उषा दशौदिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सहजीकरण दिपक वर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस