२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

दाङमा दुई जना युवा-युवती मृत अवस्थामा फेला

दाङ, २० असोज । तुलसीपुरमा दुई जना मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर-९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका दुई जना युवा-युवती मृत अवस्थामा भेटिएका हुन् ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलावाङका अन्दाजी २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका वडा नम्बर १२ अम्रै टाकुराका अन्दाजी २१ वर्षिय पबित्रा डाँगी एउटै कोठामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरलेले जानकारी दिएका छन ।

प्रहरीका अनुसार युवक झुण्डीएको अवस्थामा फेला परेका छन् भने युवतीको बेडमा फेला परेकी छन् । घटनाको प्रकृती हेर्दा आत्महत्या गरेको हुन सक्ने डिएसपी पोखरेलले बताएका छन । भित्रबाट चुकुल लगाएको अवस्थामा फेला परेको हुँदा पनि आत्महत्या भएको हुन सक्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस