२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

गुरु जजुरका कृषि विद्यार्थी द्वारा इजरायलमा मारिएका कृषि विद्यार्थीको सम्झनामा दिप प्रज्वनल

दाङ, २३ असोज । इजरायलमा मारिएका सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका कृषि विद्यार्थीहरुको सम्झनामा दिप प्रजनन कार्यक्रम सम्पन्न गरेको छ ।

गुरु जजुर माध्यमिक बिद्यालय तुलसीपुर ४ रक्षाचौरका कृषिमा अध्यनरत विद्यार्थीहरुले Learn and earn programme का लागि इजरायलमा intern गर्न गएका सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका कृषि विद्यार्थी इजरायल र हमासबीचको युद्धमा परी ज्यान गुमाएका विद्यार्थी हरुको सम्झनामा दिप प्रजनन कार्यक्रम सम्पन्न गरिएको हो।

गुरु जजुर माध्यमिक बिद्यालयमा कार्यरत कृषि शिक्षिका समिक्षा गुप्ताले हाम्रो कृषि संकायका विद्यार्थीभाइहरु एउटा सुनौलो भबिस्य भोकेर इजरायलमा intern गर्न गएका तर समयबस दुई देशको युद्धमा परि मृतक हुँदा सिङ्गो कृषि क्षेत्र सोकमा परेको बताएकि हुन ।

त्यस्तै उनले भनिन आज सिङ्गो देशनै शोकमा परेको छ यो सोकको घडीमा भाईहरु प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । र घाइतेहरुको शिघ्र स्वस्थ्य लाभको कामना संगै सम्पुर्ण विद्यार्थीहरुलाई यथाशीघ्र उदार गर्न र ती परिवारलाई उचित रातको व्यबस्था गर्न सरकार लाई अपिल समेत गरेकी हुन गर्नु ।

गुरु जजुरको प्रर्याङ्गनमा भएको उक्त कार्यक्रममा कृषि मा अध्यनरत विद्यार्थी , कर्मचारी लगायतको सहभागी थियोे।

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस