
दाङ, २३ असोज । इजरायलमा सैनिक हमलामा परी मृत्यु भएका विद्यार्थीको सम्झनामा राप्ती बबई क्याम्पस ( नेपाल विद्यार्थी संघ ) ले शोक सभा गरेको छ । नेविसंघ राप्ती बबई क्याम्पस इकाईका सभापति भिमार्जुन बस्नेतको सभापतित्वमा भएको शोक सभा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्रमुख अतिथि गिरीले इजरायलमा सैनिक हमलामा परेर अकालमा मृत्यु वरण गरेका नेपाली विद्यार्थी प्रति दुख व्यक्त गरेका छन् । उनले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सकेसम्म छिटो उद्धार गरेर नेपाल ल्याउने पहल गर्न सरकारलाई आग्रह गरे ।
त्यस्तै कार्यक्रममा पूर्व महाधिवेशन प्रतिनिधि तथा वर्तमान राप्ती बबई क्याम्पसका अध्यक्ष श्याम रेग्मी, महाधिवेशन प्रतिनिधि तथा महेन्द्र माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज लहरे ( अरुण ) , महाधिवेशन प्रतिनिधि विमल रिजाल, नेत्र वली, नेपाल तरुण दल तुलसीपुर नगर कार्य समितिका काबा अध्यक्ष सुरेन्द्र सिह राठोर लगायतको उपस्थिति रहेको थियो ।