
दाङ, २४ असाेज । दाङको शान्तिनगरमा अहिले सम्मकै ठूलो राशीकाे खुल्ला भलिवल प्रतियाेगिता आयाेजना हुने भएकाे छ । राष्ट्रिय युवा संघ नेपाल शान्तिनगरकाे आयाेजना तथा राष्ट्रिय युवा संघ दाङ जिल्ला कमिटि काे समन्वयमा शान्तिनगर ७ काे माध्यमिक विद्यालय दुविचाैरमा भलिवल प्रतियोगिता संगै सांस्कृतिक कार्यक्रम आयाेजना गरिएको राष्ट्रिय युवा संघ नेपाल शान्तिनगरका अध्यक्ष पुर्ण बहादुर कुसारीले जानकारी दिएका हुन ।
असाेज ३० गते देखि कार्तिक ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रू १ लाख ५ सय ५५ कप, मेडल र प्रमाणपत्र , दिृतिय हुने टिमले नगत रू ७० हजार ५ सय ५५ प्रमाणपत्र र मेडल र तृतिय हुने टिमले नगत रु ४० हाजार ५ सय ५५ मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगितामा सहभागी हुन चाहाने टिमले असाेज २५ गते देखि २८ गते विहान ११ वजे सम्म टिम दर्ता गर्न सकिने छ । टिमदर्तााकाे लागि रू १० हजार प्रवेश शुल्क राखिएको आयाेजकले बताएको छ ।
३ दिन सम्म चल्ने कार्यक्रममा विविध राष्ट्रिय तथा स्थानिय कलाकारहरूकाे वेजाेड प्रस्तुति सहितको सास्कृतिक कार्यक्रम पनि रहेकाले कलाप्रेमी तथा खेलप्रेमी सबैलाई कार्यक्रममा उपस्थित भईदिन राष्ट्रिय युवा संघ शान्तिनगरले आवाहान समेत गरेकाे छ ।