
दाङ, २८ असोज । तुलसीपुरमा तुलसी मार्ट संचालनमा ल्याएको छ । तुलसी उपभोक्ता सहकारी संस्था लिमिटेडले करिब २ करोडको लगानीमा तुलसी मार्ट संचालनमा ल्याएको हो ।

मार्टको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आइतबार उद्घाटन गरेका हुन । अर्थमन्त्री मास्कीले प्रदेश सरकारले रोजगारीको अभियानलाई अघि बढाएको समयमा सहकारीले मार्ट संचालन गरेर राज्यलाई सहयोग गरेको बताएला हुन ।
उनले स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा मार्टले महत्वपूणर् भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन । मार्टमा विदेशी रक्सी भन्दा पनि स्वदेशमै उत्पादन हुने मदिरालाई प्रवद्र्धन गर्नुपर्ने उनको भनाई छ ।

सहकारीका अध्यक्ष भाष्करराज गौतमले उपभोक्तालाई सुपथ मुल्यमा सबै प्रकारका दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्न सहकारले मार्ट संचालनमा ल्याएको बताएका हुन ।
कार्यक्रममा जिल्ला सहकारी संघ दाङका सचिव शुक्रराज भण्डारीले सहकारीले राज्यलाई सहयोग गरेर अघि बढ्न खोजेपनि राज्य सहकारीको प्रवद्र्धनमा कठोर बनेको बताएका हुन ।
कार्यक्रममा वचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका सचिव रुप बहादुर खत्री, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले स्थानीय उत्पादनको बजारीकरणमा मार्टले महत्वपूणर् भूमिका खेल्ने बताएका हुन । कार्यक्रममा सहजिकरण उपाध्यक्ष राजकुमार आचार्यले गरेका हुन।