२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

पेट्रोल प्रतिलिटर ११ रुपैयाँले घट्यो

काठमाडौं, २९ असोज । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ । काठमाडौं उपत्यका पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ ।

डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोललाई १६९ र डिजेललाई १६५ रुपैयाँ पर्ने छ । त्यसैगरी सुर्खेत र दाङमा पेट्रोललाई १७१ र डिजेललाई १६७ रुपैयाँ पर्ने छ । नयाँ मूल्य आज आइतबार मध्यरातिदेखि लागु हुने छ ।

प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस