२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

बिजौरी उद्योग वाणिज्य संघद्धारा शुभकामना तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

दाङ, २९ असोज । दाङको बिजौरी उद्योग वाणिज्य संघले दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । संघले सोमबार कार्यालयमा शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । बिजौरी उद्योग वाणिज्य संघका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष मुकेश वलीको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष रेश्मीराज खड्काको सभापतित्वमा कार्यक्रममा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वलीले जिल्लामा पछिल्लो चरणमा व्यवसायीहरु पलायन हुने अवस्था सिृजना भएको बताएका छन् । संघले व्यवसायी पलायन नहुने उपाय अब विकासका पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक रहेको जिकिर गरेका छन् । उनले बिजौरी उद्योग वाणिज्य संघ भनेको स्थानीय बजार भएकोले स्थानीय नागरिकलाई बजारको पहुँचमा पुर्याउनका लागि रोल्पादेखि जल्कुन्दी जोड्ने सडकमा पुल निर्माण गर्नु पर्ने आवश्यकता औल्याएका छन् । त्यस्तै उनले नवनिर्वाचित समितीलाई बधाई तथा शुभकामना दिदै आगामी कार्ययोजनामा छिल्लीकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न समेत सुझाब दिए ।

त्यस्तै संघका नवनिर्वाचित अध्यक्ष रेश्मीराज खड्काले बिजौरी बजारका करिब ४० प्रतिशत व्यवसायी पलायन भएकोमा दुख व्यक्त गरेका छन् । व्यवसायी यसरी पलायन हुनुमा सरकारको उद्धारतावादी व्यवहार रहेको जिकिर गरे । व्यवसायी सधैं भरी दोहोरो करको मारमा पर्ने हुँदा व्यवसायलाई दिगोपना दिने वातावरण नभएको उनले बताए । त्यस्तै उनले आगामी दिनमा आम नागरिकको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सिसी क्यामरा जडान, सौर्य बत्ती जडान लगायतका योजनाहरु प्राथमिकतामा राखेर कामलाई अगाडी बढाएको बताए । सक्दो छिटो भन्दा छिटो सिसी क्यामरा जडान प्रक्रियालाई अगाडी बढाउने बताए ।

त्यस्तै उनले फरक प्रसंगमा बोल्दै आफ्नो कार्यसमितीका पदाधीकारी यज्ञ बहादुर पुनलाई ‘ब्रेन ट्यूमर’ भएकोले उनको उपचार्थका लागि एक लाख ६४ हजार बढी रुपैँया संकलन गरी आजै बुझाउने बताए ।

संघका उपाध्यक्ष चित्र बहादुर खड्का को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव दिपक कुमार बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस