दाङ, ३० असोज । राष्ट्रिय बाणिज्य बैंक शाखा तुलसीपुरले यस वर्षको बडा दशै तथा शुभ दिपावलीको अवसरमा नयाँ तथा सुकिलो नोट वितरण गर्ने भएको छ । बैंकले सर्वसाधारण नागरिकका लागी भोली(बुधवार ) नयाँ नोट दुई सय पचास सेट वितरण गर्ने तयारी गरेको छ । बैंकको सुचना अनुसार पाँच रुपैया देखी एक सय सम्मका नयाँ नोट वितरण गर्न लगाीएको छ ।
नयाँ नोटको एक सेटमा अठार हजार पाँच सय रुपैया हुनेछ । बैंकले नयाँ नोट विहान ११ बजेदेखी दिउँसो २ बजेसम्म वितरण गर्ने जनाएको छ ।नयाँ नोट साट्नका लागी सेवाग्राहीहरुले बाणिज्य बैंकमा भएको चेक लिएर आउन बैंकले अनुरोध गरेको छ । यस वर्ष चेक मार्फत नयाँ नोट सटही हुने बैंकले जानकारी दिएको छ |
प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार