२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

घाेराही – तुलसीपुर सडकमा धुवाँ धुलाे कमहुदा यात्रुलाई सजिलाे

दाङ, ११ कार्तिक । घोराही–तुलसीपुर,लमही सडक खण्डको धुवा धुलाे कम भएको छ । सडक मर्मत भएसंगै धुवा धुलाे कम हुदै गएको हाे । ठाँउ ठाँउमा परेका  खाल्डाखुल्डी पुर्ने र कालाेपत्रे गरि सडक बनेसंगै आवतजावत गर्ने यात्रुलाई  सजिलाे भएको छ । 

पहिलो चरणमा लमही घोराही सडकको काम सकिएको छ । भने घोराही तुलसीपुर सडको काम अन्तिम चरणमा  रहेकाे   सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।लामो समय सम्म सडक मर्मत नभएको जनगुनासो आउँन थालेपछि सञ्चार तथा सूचना प्रविधी मन्त्री  रेखा शर्माले सम्बन्धित ठेकेदार र सडक डिभिजन कार्यालयलाई निर्देशन गरेपछि सडक मर्मत सुरु गरिएको थियाे ।

करिब २९ किलो मिटर सडक बनाउँन  बबई नदीदेखि हापुरखोलासम्मको करिब १३ किलोमिटर करिब १ करोड ४२ लाख ५५ हजारमा  रोल्पा निर्माण सेवा र हापुर खोलादेखि तुलसीपुरको हात्तीखौवासम्मको करिब १५ किलोमिटर सडक १ करोड १६ लाख ९६ हजार रूपैयाँमा रोल्पा स्वच्छता निर्माण सेवासँग सम्झौता भएको छ । यहीँ  असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको  निर्माण व्यावसायी कमल कुमाखीले जानकारी दिनुभयाे । यो सडक मर्मतका लागि सञ्चार तथा सूचना प्रविधी मन्त्री  रेखा शर्माले चासो दिदै आउनु भएको छ ।  मन्त्री शर्माले आर्थिक बर्ष २०८०/०८१ काे बजेट मार्फत करिब ४ कराेड रुपैया बजेट सडक मर्मतका लागि छुट्टयाउनु भएको थियाे ।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस