
दाङ, १२ कार्तिक । दाङको तुलसीपुर ४ खाद्रेमा “खाद्रे गोल्ड कप” Eigth ‘A’ Side खुल्ला नक आउट फुटबल प्रतियोगिता २०८० हुने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा न. ४ खाद्रे “युथ अफ खाद्रे” को आयोजनामा “खाद्रे गोल्ड कप” Eigth ‘A’ Side खुल्ला नक आउट फुटबल प्रतियोगिता २०८० प्रतियोगिता यहि कार्तिक २२ गते देखि सुरु हुन लागेको हो ।
युथ अफ खाद्रे का अध्यक्ष श्रीधर भण्डारीका अनुसार हिन्दु नेपालिहरु को महान पर्व दशै, तिहार र छट पर्वको अवसर पारी शुभकामना आदानप्रदान सहित उक्त प्रतियोगिता संचालक गर्न लागेको जानकारी दिएका हुन । अध्यक्ष भण्डारीका अनुसार उक्त फुटबल प्रतियोगिता खुल्ला भएकाले जिल्लाका विभिन्न क्लब खेलाडीहरु र जिल्ला बाहिर बाट समेत उक्त खेलमा सहभागी हुन सकिने र सहभागिताको लागि खेलाडीहरु लाई आग्रह समेत गरेका छन ।
कार्तिक २२ गते देखि संचालन हुने प्रतियोगितामा जिल्ला र जिल्ला बाहिर बाट गरि झन्डै १५ टिमको सहभागिता रहने प्रतियोगिताका खेल संयोजक बिक्रम घेर्ती मगरले जानकारी दिएका छन । खेल संयोजक घर्ती मगरका अनुसार प्रतियोगिताको बिजेता टिमले नगद रु. ५० हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद रु. २५ हजार ५ सय ५५ रुपैयाँ ,कप, मेडल प्रमाणपत्र हात पार्नेछ । टिम दर्ताको लागि नगत रु. ५ हजार लाग्ने र फोन बाट समेत टिम दर्ता गर्न सकिने संयोजक घर्ती मगरले जानकारी दिएका छन ।
सम्पर्क न. श्रीधर भण्डारी ९८४४०८१८११, बिक्रम घर्ती मगर ९८२२८१९९४५ सुमन के सि ९८६८६८०५१५