
दाङ, १७ कात्तिक । प्रथम लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता दाङको तुलसीपुरमा सुरु भएको छ । भोली शनिबार सम्म सञ्चालन हुने तेक्वान्दो प्रतियोगिताको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उत्घाटन गरेका हुन । प्रतियोगिताको उत्घाटन गर्दै मुख्यमन्त्री चौधरीले खेल क्षेत्रले खेलाडीलाई स्वस्थ राख्नुका साथै नेपालीलाई विश्वमा चिनाउन ठुलो मद्धत गरेको बताएका हुन । आफु पनि पुरानो तेक्वान्दो खेलाडी रहेको भन्दै मुख्यमन्त्री चौधरीले तेक्वान्दो खेललाई व्यवस्थित गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । कार्यक्रमको प्रमुख अथिति समेत रहनुभएका मुख्यमन्त्री चौधरीले तुलसीपुरलाई तेक्वान्दो हब बनाउने बताउदै यसका लागी सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताएका हुन ।
प्रतियोगितामा सहभागी खेलाडीलाई बधाई दिदै मुख्यमन्त्री चौधरीले यो खेल यतीकै सिमित हुन नहुने बताएका हुन । तेक्वान्दो खेलाडीले दाङ जिल्ला, लुम्बिनी प्रदेश हुदै नेपाललाई विश्वमा चिनाउने विस्वास व्यक्त गरेका हुन । खेलाडीको भविष्य खेलबाटै उज्वल हुनुपर्ने भन्दै उहाले त्यसै अनुसार लाग्न खेलाडीहरुलाई आग्रह समेत गरेका हुन ।
त्यही अवसरमा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तेक्वान्दो खेलले आत्मरक्षाका लागी पनि महत्वपुर्ण भुमिका राख्ने बताएका छन । पछिल्लो समय बलात्कार तथा हिंसाका घटना बढ्दै गएकाले पनि यसबाट बच्नको लागी तेक्वान्दो खेल महत्वपुर्ण उनले हुने बताएका हुन । तेक्वान्दो खेलाडीले सजिलै प्रतिरक्षा गर्न सक्ने उहाको भनाई छ । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला सँगै कर्णाली प्रदेशको सल्यानबाट समेत खेलाडीहरु सहभागी भएको संयोजक मोहन सुनारले जानकारी दिएला हुन । १२ वर्षदेखी २१ वर्ष उमेर समुहका खेलाडीहरुलाई सहभागी गराइएको उनले बताएका हुन । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सशजिकरण पत्रकार सरद रेग्मीले गरेका थिए ।