२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल हुने

दाङ, ८ मंसिर । दाङको तुलसीपुरमा ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा संचालन हुने प्रतियोगिता यहि मंसिर २८ गते देखि सुरु हुनेछ ।

२०७७ साल असार २८ गते मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका तत्कालीन फेलोसिप ट्रेनिङ सेन्टरका संचालक गङ्गादेव गाउँ पालिका वडा न ७ रोल्पा राक निवासी स्वर्गीय ललित बुढामगरको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हो 

राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर खेल मैदानमा तीन दिन सम्म संचालन हुने प्रतियोगितामा २० बढी टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार,कप,मेडल प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै द्वितिय र तृतीय हुने टिमले क्रमशः नगद २० र १० हजार,कप, मेडल प्रमाणपत्र हात पार्ने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरिले जानकारी दिए ।

साथै प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क ३ हजार राखिएको एरिले जानकारी दिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस