२०८३ जेष्ठ २६ गते मङ्गलवार | 2026 June 9th Tuesday

मुलुकको चुहावट रोके मात्रै समृद्धिले गति लिने हो : मन्त्री मास्की

दाङ, ११ मंसिर । लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्की राजेशले मुलुकको चुहावट रोके मात्रै समृद्धिले गति लिने बताएका छन् । प्यूठानको सरुमारानी गाउँपालिका वडा नं.२ गनाहाखोलामा आयोजित जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दै मन्त्री मास्कीले यस्तो बताए ।‘केन्द्र सरकारले सुशासन कायम गर्न खोजेको छ । तपाईहरुले हामीसंग धेरै विकास माग्नु भयो, ति विकास बजेट भएपछि मात्रै हामी दिन सक्छौं’,उनले भने‘त्यसकालागि हामीले चुहावट रोक्नु पर्छ, अहिलेको सरकारले त्यसको सुरुवात गरेको छ ।’

विगत सरकारले नदिनाला बेचेको, पैसाकै लागि देशको अस्मिता समेत बेच्न तयार हुँदा मुलुकमा आर्थिक शंकट भएको भन्दै यसलाई रोक्न बर्तमान सरकारले सुशासनको सुरुवात गरेको मन्त्री मास्कीले बताए । अहिले भ्रष्टाचार गर्ने पूर्वउपप्रधानमन्त्री, देशका ठूलाठूला कर्मचारी, ब्यापारीहरु जेलमा गएको भन्दै यो सरकारको सकारात्मक कदम भएको मन्त्री मास्कीको भनाई छ । 

माओवादी नेतृत्वको सरकारले सुरुवात गरेको सकारात्मक कदमले देशमा सकारात्मक रक्तसञ्चार भएको समेत उनले बताए । ‘माओवादीले यो देशलाई गति दिन सक्छ, परिबर्तन र अधिकार स्थापित गर्न सक्छ, भन्ने भरोसा पैदा भएको छ’,उनले भने ।

साथै उनले रक्षानमा पुगिसकेको मुर्दालाई फार्काउन केही तत्वहरुले प्रयत्न गरिरहेको भन्दै यसमा जनताले प्रतिकार गर्नुपर्ने बताए ।‘केही तत्वहरुले ब्यबस्था विरुद्ध धावा बोल्न खोजेका छन्’,उनले भने‘यसलाई हामीले जोगाउनु पर्छ, जनताको बलिदानले ल्याएको गणतन्त्र उल्टाउने तागत कसैको पनि छैन ।’

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस