
दाङ, १३ मंसिर । मानव सेवा आश्रम दाङ शाखाले आमा सेमिनार सन्चालन गर्ने भएको छ । तुलसिपुर उपमहानगरपालिका ६ हात्तीखौवामा रहेको आश्रमले यही मंसिर १६ गते आमा सेमिनार गर्ने निर्णय गरेको मानवसेवा आश्रम लुम्विनी प्रदेशकी संयोजक सरु अधिकारीले जानकारी दिएका हुन । उक्त सेमिनार तुलसीपुरमा रहेको कराई इभेन्ट स्पोट रेस्टो एण्ड लजमा हुने उनले बताएकि हुन । मानव सेवा आश्रमले मानवता राष्ट्रियता राष्ट्र प्रेम र आफुलाइ जन्म दिने माता पिताको महत्वबोध गराइ प्रेम सद्भाव करुणालाइ जनमनमा पुर्याउने उदेश्यले आयोजना गरिएको हो ।
आश्रममा आमा सेमिनार हुन लागेको अहिले १० वर्ष भन्दा बढी भइसकेको भन्दै हाल सो आश्रममा ७१ जना बस्दै आएको उनको भनाई छ । सडक पेटिमा रहेका विभिन्न व्यक्तिहरुलाइ आफैले पनि उद्धार गर्दै आएको उनले बताईन । यस्ता कार्यक्रमले मानवमा प्रभावकारि भुमिका खेलेको बताउदै २०८२ साल सम्म कोहि पनि व्यक्ति सडक पेटीमा नरहोस भन्ने उदेश्यले अघि बढेको उहाको भनाई छ । कार्यक्रममा आमा समुह, टोल विकास समिति, युवा समुह, शिक्षक शिक्षिका, विध्यार्थी, कर्मचारी लगाएतको सहभागिता हुने भएका छन् ।