२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

मदन आश्रीत चोकमा जेब्राक्रसिङ निर्माण

दाङ, १५ मंसिर ।  दाङ तुलसीपुरको मदन आश्रीत चोकमा जेब्राक्रसिङ निर्माण गरिएको छ । सृजना बालक्लब मा वि सेन्टर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा मदन आश्रीत चोकमा जेब्राक्रसिङ निर्माण गरिएको क्लबका अध्यक्ष राजु विश्वकर्माले जानकारी दिएका हुन । दक्षीणमा सितलपुर रोड, उत्तरमा तुलसीपुर बजार, पुर्वमा मावि सेन्टर र पश्चिममा सुकौरा रोड पर्ने उक्त चोकमा जेब्राक्रसिङ निर्माण गरिएको हो । 

कार्यक्रममा क्लबका अध्यक्ष विश्वकर्मासहित मावि सेन्टरमा अध्यनरत अन्य विद्यार्थीहरु र शिक्षीकाको पनि उपस्थिती रहेको थियो भने ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ट्राफिक प्रहरी वरिष्ट नायव निरीक्षक इश्वरी देवकोट, ट्राफिक प्रहरी हवल्दार डिल्ली आचार्य, सहायक हवल्दार जिवलाल भुषाल, प्रकाश चौधरी लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस