२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

महिला साना किसान सहकारीको सस्थाको अध्यक्षमा निर्मला बुढाथोकी

दाङ, २५ मंसिर । गोल्टाकुरी महिला साना किसान सहकारी संस्था लिमिटेडको ११ ओैं सधारण सभा तथा चौथो अधिवेशन गोल्टाकुरीमा शुक्रवार सम्पन्न भएको छ ।

संस्थाका उपाध्यक्ष सिता डागीको अध्यक्षता तथा दंगिशरण गाउँपालिकाका अध्यक्ष शंभु गिरीको प्रमुख आथित्यता तथा उपाध्यक्ष पिमा कुमारी वली खड्काको विशिष्ट आथित्यतामा भएको अधिवशनले सिता खत्रिको अध्यक्षतामा नयाँ सञचालक समिति चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा निर्मला बुढाथोकी, सदस्यमा उमा खत्री, टिका डागी, सिता खड्का, पवित्रा खत्री, रेखा रावत, ठगी बस्नेत र सरिता परियार लाई चयन गरेको छ ।

साधारण सभाले संस्थाका अध्यक्ष मिरा चौधरीको प्रगति प्रतिवदन, प्रवन्धक शुसिला कुसारीको करिव सात करोड वरावरको आर्थिक प्रतिवेदन, लेखा संयोजक गिता पौडेलको लेखा प्रतिवेदनलाई अनुमोदन गरेको छ ।

संस्थाका सदस्य पवित्रा खत्रीको स्वागत मन्तवय वाट सुरु भएको सभालाई सम्वोधन गर्दै पालिकाका अध्यक्ष गिरीले महिलाहरुको कृयाशिलतालाई सम्मान गर्ने र पालिका वाट हुने सहयोगमा कमी नहुने वताए ।

त्यसैगरी उपाध्यक्ष खड्काले महिलालाई प्रोत्साहान हुने र आर्थिक सवलीकरणमा जोड दिने वताए । सभामा वडा नम्वर २ का अध्यक्ष डम्वर खत्री, १ का अध्यक्ष रेशम भण्डारी, समाजसेवि तिलकबहादुर डागीले बोलेका थिए ।

सभामा सनाकिसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय नपालगंजका प्रवन्धक शेरबहादुर चौधरी, नेपाल कृषी सहकारी केन्द्रिय संघका लेखा समिति सदस्य चिरिञ्जिवि केसी, उरहरी साना किसान सहकारीका अर्जुन वस्नेतले वोलेका थिए ।

संस्थाका सहायक प्रवन्धक शुमन चौधरीले सहजिकरण गरेको सभामा विजौरी साना किसान सहकारीका चित्रा धिताल, प्रवन्धक दुर्गा मल्ल, फुलवारी साना किसान सहकारीका जिरा डागी, टरिगाउँ सानाकिसान सहकारीका शुसिला केसी, राजाकोट बहुउदेश्य सहकारीका विष्णु गौतम लगाएतले बोलेका थिए । सभामा उत्कृष्ट वचत कर्ता, सफल ऋणी, अन्तर समुह लगाएतलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस