काठमाडौ, २४ मङसीर । सुनसरीमा एक वडाध्यक्ष परस्त्रीसाहित होटलबाट अर्धनग्न अवस्थामा समातिएका छन् । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम स्थानीय एक महिलासँग धरान-१२ चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र अर्धनग्न अवस्थामा समातिएका छन् ।
प्रहरीका अनुसार, एमालेबाट दोस्रोपटक निर्वाचित वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएका श्रीमान् प्रहरी लिएर होटल पुगेका थिए । प्रहरीले उनीहरुलाई अर्धनग्न अवस्थामा समातेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका वडाध्यक्ष गौतमविरुद्ध महिलाका श्रीमान्ले उजुरी दिने तयारी गरिरहेको इप्रका धरानले जनाउको छ ।
प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार