२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

ललित स्मृति कप टु : खुला पुरुष भलिबलको तयारी तीव्र

दाङ, २५ मंसिर । दाङको तुलसीपुरमा यहि मंसिर २८ गतेदेखि सुरु हुने ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता २०८० को तयारी तीव्र पारिएको छ ।

फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा संचालन हुने प्रतियोगिता नजिकिदै गर्दा तयारी स्वरुप यतिबेला टिम दर्ता, प्रचार प्रसार, आर्थिक व्यवस्थापन, खेलमैदान मर्मत लगायत पक्षमा तयारी तीव्र पारिएको आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरीले जानकारी दिए ।

२०७७ साल असार २८ गते मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका तत्कालीन फेलोसिप ट्रेनिङ सेन्टरका संचालक गङ्गादेव गाउँ पालिका वडा ७ रोल्पा राक निवासी स्वर्गीय ललित बुढामगरको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हो । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर खेल मैदानमा तीन दिनसम्म संचालन हुने प्रतियोगितामा २० बढी टिमको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद २० र १० हजार, कप, मेडल प्रमाणपत्र हात पार्ने छ्न् । साथै प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क ३ हजार राखिएको ट्रेनिङ सेन्टरका एरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस