२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

आयुस पौडेलले मानव सेवा आश्रममा मनाए आफ्नो जन्म दिन

दाङ, २५ मंसिर । लाईन्स क्लब अफ क्यापिटल दाङका सह- सचीव आयुस पौडेलले आफ्नो जन्म दिनको अवसर पारी मानव सेवा आश्रम तुलसीपुरमा बिहानको खाना खुवाएका छन् । केक काटेर रमाइलो गरेर भन्दानि अबका हरेक युवाले आफुले गरेको कार्यबाट समाजमा केहि सकारात्मक संदेश छर्नुपर्छ भन्ने सोचका साथ आफुले आफ्नो जन्म दिन मानव सेवा आश्रममा मनाएको पौडेलले बताएका हुन् ।

यहीँ सन्दर्भमा  मानव सेवा आश्रम दाङ शाखा प्रमुख हिरु जोशीले पछिल्लो समयमा लाईन्स क्लब अफ क्यापिटलले धेरै प्रसंसायुक्त काम गर्दै आइरहेको बताएका हुन । अहिले युवाहरु सकारात्मक कार्यमा भन्दा बढी नकारात्मक कार्यमा अग्रसर देखिरहेको बेला आयुस पौडेलले मानव सेवा आश्रममा गरेको यो कार्यलाई समान गर्दै सम्पुर्ण मानव सेवा आश्रमको तर्फबाट धन्यवाद व्यक्त समेत गरेका हुन ।

उक्त कार्यक्रममा लाईन्स क्लब अफ क्यापिटल दाङका अध्यक्ष दिपक के सि, लाईन्स क्लब अफ क्यापिटल दाङका सचीव दिपक वलि, लाईन्स क्लब अफ क्यापिटल दाङका सह कोषाध्यक्ष भुपेन्द्र वलि, लाईन्स क्लब अफ क्यापिटल दाङका सदस्य दिपक खड्का, लाईन्स क्लब अफ क्यापिटल दाङका Third VP सुरेन्द्र बोहरा लगायतको सहभागी रहेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस