
दाङ, २७ मंसिर । शान्तिनगर गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई अस्थायी लालपुर्जा रातो पुर्जा वितरण गर्न सुरु गरेको छ । पहिलो चरणमा गाउँपालिकाले २ का सुकुम्बासीलाई अस्थायी लालपुर्जा दिएको हो ।
मंगलबार वडा नं २ का वडा अध्यक्ष सुनिल ओलीको अध्यक्षता तथा पालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता एवं पालिका उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीको विशिष्ट आतिथ्यमा ७५८ जना भूमिहीन सुकुम्बासीलाई अस्थायी निस्सा वितरण गरिएको हो । अस्थायी निस्सा पाएसँगै स्थानीय कर्णसिंहले अध्यक्ष प्रमोद बस्नेतलाई धन्यवाद दिएका थिए ।
आफूले चुनाबमा गरेको बाचा अनुसार चाँडै रातो लालपुर्जा स्थानीयलाई दिलाउने अध्यक्ष बस्नेतले बताए । यसैगरी पालिकाको वडा नं १, ३, ४, ५, ६ र ७ नं वडाका भूमिहीन सुकुम्बासीलाई पनि चाँडै अस्थायी निस्सा वितरण गरिने अध्यक्ष बस्नेतले बताए ।
प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार