२०८१ पुष ६ गते शनिवार | 2024 December 21st Saturday

गनाएको फोहोर होईन, गनाएको यो समाज हो – के. बि.

दाङ, ३० मंसिर । पातुखोला यसको छुट्टै पहिचान छ । ती सुन्दर पहाडका कन्धराबाट बग्दै आएको पातुखोला जब सहरको छेउमा पुग्छ अनि फोहोरको डङ्गुर उसको छाती कुचिन्छ ।

हो यहीँ खोला माथि रहेको फोहोरको डङ्गुर उठाउदै  थिए के.बि अनि सबैले भन्दै थिए कस्तो गनाएको छ यो फोहोर । तर उनले मुस्कुराउदै जबाफ दिए कहाँ यो फोहोर गनाएको होर गनाएकोत यो समाज हो जस्ले सुन्दर खोला गनाउने गरायो ।

पछिल्लो समय विद्यार्थी राजनीतिक ,पत्रकार समाजिक कार्यमा निकै अग्रसर देखिने के.बि अझ उदाहरण दिदै भने यो खोला , यो समाज अनि त्यो राजनीतिक एकै थियो पहिले जहाँ सफा र सुन्दरताले भरिएको तर अहिलेका हामी युवा , हाम्रो समाज र हाम्रा नेतृत्व हरु यहीँ फोहोर जस्तै भइउ त्यहीँ भएर यसरी गनाएको हो ।

उनले अझ भने हामीले चोकमा बसेर यसले गर्छ उसले गर्छ भन्दै समाजिक संझाल स्टाट्सले भरिरहेका हुन्छौं तर हामी ठुला मान्छे कहाँ यो फोहोर उठाउने होर हामीत स्टाट्स लेखेरै महान हुन्छौं भन्ने सोचलेनै आज पातुखोला फोहोरले गनाउने भएको हो ।

तपाईहरुलाई लाग्न सक्छ खोला मात्र त फोहोरले भरिएको हो नि तर म खोला फोहोरले भरिएको कहि देख्दैन यो समाज फोहोरले भरिएको देख्छु तर यो समाज अन्धो छ यसले खोला भरिएको देखछ। मानिसको मन, विचार यति स्वार्थी छ आज उसले फोहोरको पोको समाएर खोला तिर गयो म भोलि जानुपर्छ भनेर पर्खेर बसेको हुन्छ  तर त्यहाँ फोहोर फाल्नु हुदैन भनेर सोच्दैन ।

हो आज यो देश यस्तै भएको छ जहाँ राजनीतिक नबुझ्नेले पार्टीको वकालत गर्छ नेतृत्व नबुझेकाले परिवर्तनको कुरा गर्छ अनि हामी युवाहरु त्यहीँको पक्ष विपक्ष भएर उफ्रिरहेका हुन्छौं काठमाडौं कहाँ कहाँका उदाहरण दिइरहेका हुन्छौ तर आफ्नो ठाउँ आफ्नो टोल आफ्नो समाजको पनि उदाहरण दिन सकेको भए आज पातुखोला हेर्न लाहेक्को हुन्ने थियो । 

पहिल हामीले हाम्रो ठाउँको उदाहरण दिनसक्ने हो भने मात्र हामीले कल्पना गरेको जस्तो परिवर्तन गर्न सकिने तर नगरेर घर नजिक फोहोर भए सरकारलाई दोष समाजमा फोहोर भयो सरकारलाई दोष सबै ठाउँको जबाफ देहि सरकार खोजिउ भने मेरो देश कहाँ पुग्छ थाहा छैन त्यसैले सबैएकताबद्ध भएर लागे मात्र परिवर्तन सम्भव छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस