दाङ, ३ पौष । एच. आर. मिडिया हाउस प्रा.लि तुलसीपुर ५ दाङले डेउसी भैलो कार्यक्रम बाट उठेको २५% रकम सामाजिक कार्यमा लगाएको छ । भौगोलिक हिसाबले निकै दुर्गम मानिने बबई गाउँपालिका वडा न. ७ मलईमा रहेको श्री भगवती माध्यमिक बिद्यालयमा एक औपचारिक कार्यक्रम बीच एच आर मिडिया हाउस प्रा.लि तुलसीपुर दाङले बालविकाश देखी कक्षा ५ सम्मका बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।
उक्त न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एच. आर. मिडिया हाउसका सल्लाहकार विकास डाङ्गीले एच. आर. मिडिया हाउसले बिगत देखिनै सामाजिक कार्य गर्दै आइरहेको बताए । बिगतको भन्दा अहिले अल्लि दुर्गम पिछडिएको ठाउँजाने आएर यो सके जतिको सहयोग गरेकोमा मिडिया हाउस लाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
यस्तै बिद्यालयका प्राध्यापक रत्न केसि ले आफू लामो समय देखी बिद्यालयमा कार्यरत रहेको तर अहिले सम्म कुनै पनि संग संस्थाले यस्तो सर्वनीय कार्य नगरेको तर पहिलो चोटि एच.आर. मिडिया हाउसले आफ्नो बिद्यालयमा आएर सामाजिक कार्यगरेको प्रति बिद्यालयको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए । यस्तै उनले अल्लि भौगोलिक हिसाबले पिछडिएको दुर्दराजको बस्ती भएको कारण स्थानीय सरकार लगायत कुनै पनि संग संस्थाबाट सहयोग नमिल्दा पढाईमा केहि बाधाहेको समेत बताएका थिए ।
यस्तै कार्यक्रममा बोल्दै बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष अमर बुढाले यो जिल्लाको हिसाबले दाङ भएपनि भौगोलिक हिसाबले पिछडिएको हुँदा यहाँको बिद्यालय संगै स्थानीय वस्तीमा टेलिकम , स्वास्थचौकी , बाटो , विद्युत तथा शौचालय लगायतको समस्या रहेको बताउदै पत्रकारले कलमको माध्यमबाट सम्बन्धित निकाय सम्म पुराइदिन आग्रह समेत गरेका थिए । नेताहरू भोट माग्न मात्र आउने गर्दछन् । तर, यहाँको बारेमा कसैले सोचेका छैनन् । तर आज एउटा मिडियाले आफुहरुलाई सम्झेर आएको भन्दै खुशी समेत व्यक्त गरेका थिए ।
यस्तै उनले बाके राष्ट्रिय निकुञ्जले केहि बर्ष अगाडि देखिनै आफ्नो बिद्यालयको फिल्डमा काठहरु राखेको तर अहिले सम्म नहटाउदा विद्यार्थीलाई खेल खेल्नमा संगै बिद्यालयलाई अन्य कार्यक्रम गर्नलाई असहज भएको तर राष्ट्रिय निकुञ्जले पटकपटक भन्दा पनि नसुनेको पनि बताएका छन् ।
यस्तै एच.आर. मिडिया हाउसका कार्यवाहक अध्यक्ष एच.आर. मगरले पछिल्लो समयमा विभिन्न समुह क्लब गराएर कहिँ कतै घुम्न जान्ने मनसायका साथ भैलो खेलिरहेको हुन्छन् तर आफुहरु भने त्यो मनसायलाई परिवर्तन गरेर केहि प्रतिशत भएपनि सामाजिक कार्यमा लगानी गर्नु पर्छ भन्ने उद्देश्यले भैलो कार्यक्रम संचालन गरेको बताएका छन । आफुहरुले भैलो खेलेर बचाएको केहि रकम सामाजिक कार्यमा लगाउने उद्देश्यले गर्दा आज भौगोलिक हिसाबले निकै विकट मानिने यो ठाउँमा आएर केहि मात्रामा भएपनि सहयोग गर्न पाउँदा धेरै खुशी भएको भन्दै आगामी दिनहरूमा पनि यो ठाउँमा विभिन्न खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । यस्तै मगरले आफ्नो यो अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
विद्यालयका शिक्षक एकराज रोकाको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको सहजीकरण पत्रकार आशिष केसीले गरेका थिए ।