दाङ, ७ पौष । लोक दोहोरी गायक तथा कार्यक्रम संचालक शान्ताराम सेन्चुरीले आफ्नो छोरी सुप्रिया सेन्चुरीको पहिलो जन्म दिनको अवसर पारी मानव सेवा आश्रम तुलसीपुर दाङमा ७६ जनालाई बिहानको नास्ता खुवाएका हुन ।
यहीँ सन्दर्भमा बोल्दै गायक तथा कार्यक्रम संचालक शान्ताराम सेन्चुरिले केक काटेर जथाभावी पैसा मात्र खर्च गरि रमाइलोको लागि मात्र आफ्नो बच्चाहरुको जन्म दिन मनाउने भन्दा पनि अबका हरेक अभिभावकले आफ्नो बच्चाहरुको जन्मदिनमा केहि उदाहरणीय कार्य गर्दा सन्तुष्टि मिल्न बताए ।
यस्तै उनले पछिल्लो समयमा राम्रो भन्दा नराम्रो प्रविधिको बिकास संगै देखा सिखी हुँदै गहिरहेको तर यस्ता प्रबिधि रोख्नु पर्ने भन्दै आफुले छोरीको पहिलो जन्म दिन मानव सेवा आश्रममा मनाएको समेत बताए । आफुले गरेको कार्यबाट समाजमा केहि सकारात्मक संदेश छर्नुपर्छ उनको भनाइ थियो ।
मानव सेवा आश्रम दाङ शाखा प्रमुख हिरु जोशीले संचालन गरेको उक्त कार्यक्रममा एच.आर. मिडिया हाउसकि निवर्तमान अध्यक्ष निमा राना, सुप्रिया सेन्चुरीकि आमा पुजा नेपाली लगायतको उपस्थित थियो ।
यस्तो मानव सेवा आश्रम परिवारले सुप्रियालाई जन्म दिनको शुभकामना संगै सम्पुर्ण परिवारलाई धन्यवाद समेत व्यक्त गरेको थियो ।