२०८३ जेष्ठ २६ गते मङ्गलवार | 2026 June 9th Tuesday

अभियान पछि पनि केही समय पार्टीलाई दिनुस् : मास्की

दाङ, १५ पुस । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले चार महिने अभियान सकिएपछि पनि पार्टीलाई केही समय छुट्याउन सुझाब दिएका छन् । बबई गाउँपालिकाको पार्टीको चार महिने अभियानको समीक्षा बैठकलाई सम्बोधन गर्दै मास्कीले भने‘अभियान सकियो भनेर चुप लागेर नबस्नु होला, अरु बेला पनि पार्टीकालागि केही समय छुट्याउनु होला ।’ पार्टी निरन्तर जनतासंग जोडिनु पर्ने भन्दै त्यसकालागि केही समय छुट्याउनु पर्ने उनको भनाई थियो । 

लुम्बिनी प्रदेशका अर्थमन्त्री समेत रहेको मास्कीले पश्चिम दाङमा लिईएको विकासको पहलले आगामी निर्वाचनमा एक्लै जित्न सक्ने ठोकुवा गरे । ‘जनताले पार्टी होईन, ब्यक्ती हेर्छौं भनिरहनु भएको छ’,उनले भने‘हामी निरन्तर जनताका समस्यामा एकाकार भयौं, भने ०८४ मा एक्लै जित्छौं ।’  

पश्चिम दाङमा पार्टीप्रति आकर्षण समेत बढेको उनले बताए ।  

साथै शनिबार शान्तिनगरको समीक्षा बैठक तथा तुलसीपुर ५ स्थित पातुखोलामा तटबन्ध निर्माणकालागि स्थलगत अवलोकन समेत गरिएको थियो ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस