रुकुम पश्चिम, १७ पौष । रुकुम पश्चिममा एक क्यान्सर पीडित युवतीको मृत्यु भएको छ ।
जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ९ गिजा निवासी ध्रुव शाहकी १९ बर्षिया छोरी हेमन्ता शाहको आज मंगलबार बिहान मृत्यु भएको हो ।
मृतक शाहको पारिवारीक श्रोतका अनुसार हेमन्ताको उपचार सुशील कोइराला क्यान्सर अस्पताल बाँकेमा भईरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार