
सल्यान, १७ पौष । सल्यानको शारदा नगरपालिकामा नगर स्तरिय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । त्रिभुवन जन मावि लुहापिङको प्रांगणमा मंगलबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले रनिङ शिल्डको उद्घाटन गरेका हुन । रनिङ शिल्डमा सामुदायिक र संस्थागत गरेर जम्मा १६ वटा विद्यालयले भाग लिएका छन् । छात्र छात्राको भलिबल, कपर्दी, एथ्लेटिक्स लगायत मार्सलआर्ट अन्तरगर्त कराते र तेक्वान्दो खेलमा प्रतियोगिहरुले प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रममा बोल्दै मन्त्री सिंहले शारदा नगरपालिका सल्यान जिल्लाको सदरमुकामको पालिका रहेको र यस नगरमा जिल्ला स्तरीय रंगशाला निर्माणका लागि भुमिका खेल्ने बताएका हुन । नगर प्रमुखले आफुसंग रंगशाला आवश्यक रहेको विषयमा कुरा गरेको र आफुलाइ पनि महसुस भएको भन्दै उनले खेल क्षेत्रको विकास संगै जिल्लास्तरीय रंगशाला निर्माणमा पहल गर्ने बताएका हुन । शारदा नगरपालिकाले खेलकुद प्रवर्द्धनमा गरेको कामको प्रशंसा गर्दै मन्त्री सिंहले नगरको समग्र विकासका लागि आवश्यक सहयोग गर्ने वचन दिएका हुन ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश भण्डारीले संस्कार र अनुशासनको दायरामा रहेर राष्ट्रपति रनिङ शिल्डका खेल खेल्न र खेल संचालन गर्न निर्देशन दिएका हुन । नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्र जस्तै खेलकुदलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन । कार्यक्रममा प्रदेश सभा सदस्य लक्ष्मी सुनार, बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम, शारदा नगरपालिकाका उप प्रमुख सुस्मिता सापकोटा, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, राष्ट्रिय भूमि आयोग सल्यानका अध्यक्ष बीरबहादुर सेजवाल, पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरीता चलाउने लगायतले बोल्दै खेलको महत्वको बारे चर्चा गरेका थिए । सिद्धीबक्स गण सिमखर्कका गणपति कृष्ण चन्द्र ठकुन्ना, जिल्ला प्रहरी कार्यालयका प्रमुख नविन कार्की, शसस्त्र प्रहरी नायव उपरिक्षक सुशिल श्रेष्ठ, राष्ट्रिय अनुशन्धानका प्रमुख सन्जिव चौधरी, भूमी आयोग सल्यानका अध्यक्ष बिर बहादुर सेजवाल तथा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरु लगायत खेलप्रेमीहरुको उद्घाटन शत्रमा उपस्थिती रहेको थियो । पौष १९ गते सम्म प्रतियोगिता संचालन हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले जानकारी दिएका हुन ।