२०८३ भाद्र १ गते सोमवार | 2026 August 17th Monday

सर्लाही घटना: छानबिन समिति गठन, मृतकका परिवारलाई दश दिइने

काठमाडौँ, २१ पौष । सरकारले सर्लाही जिल्लाको बरहथवामा भएको झडपमा ज्यान गुमाएका युवाका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र, बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने भन्ने विषयमा भएको प्रदर्शनमा ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।

उक्त घटनाबारे गृह मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जलि र परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घटनाको छानबिनका लागि छानबिन समिति गठन गरेको छ ।

समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। छानबिन समितिमा गृह सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन् ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस