२०८३ जेष्ठ १७ गते आइतवार | 2026 May 31st Sunday

एनएमबि बैंक र नेशनल प्याथ ल्याब तुलसीपुर बीच सम्झौता

दाङ, २१ पौष । एनएमबि बैंक र नेशनल प्याथ ल्याब तुलसीपुर दाङ बीच  एक सम्झौता भएको छ ।

एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले नेसनल प्याथ ल्याब बात प्रदान गरिएका सेवाहरुमा 30 प्रतिशत सम्म छुट पाउने  भयका छन्  ! ल्याब का सम्पूर्ण सेवा हरु मा  एनएमबि बैंकका कर्मचारी र ग्राहकले 15 देखी 30 प्रतिशत सम्म छुट पाउने बैंकका तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मी जानकारी दिए । आफ्ना ग्राहकलाइ उपचारको तथा बिबिध चेक जाँच क्रममा राहत होस् भनेर सम्झौता गरिएको उनले बताए ।

सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रशाद पराजुली र नेसनल प्याथ ल्याब को तर्फ बात वीरेन्द्र कुमार आचार्य ले हस्ताक्षर गरेका छन् । एनएमबि बैंक तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मी र नेसनल प्याथ ल्याब तुल्सीपुर का ईन्चार्ज  दिपक कुमार शाह  ले हस्ताक्षरित सो सम्झौता आदानप्रदान गरेका थिए । यो सम्झौता एकबर्षको लागि हुनेछ । दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।

सम्झौताले एनएमबि बैंकका सम्पूर्ण कर्मचारी एवं एनएमबि बैंकमा खाता खोलेका सम्पूर्ण ग्राहकहरुले सुबिधा लिइ लाभान्वित हुने तुलसीपुर शाखाका प्रबन्धक रमेश रेग्मी ले बताउनु भयो । छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंकको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, क्यु आर कोड लगायतका डिजिटल माध्यम प्रयोग गर्नुपर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस