२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

दाङ दुर्घटना अपडेट : मृत्यु भएका मध्य ८ जनाको पहिचान खुल्यो

दाङ,२८ पैष । दाङकाे भालुवाङ बस दुर्घटनामा मृत्यु भएका मध्ये ८ जनाकाे पहिचान खुलेकाे छ ।  मृत्यु हनेमा बाँकेका ६० वर्षका कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षका सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी बस्ने  ६५ बर्षका रामाकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षका मुने रहेका छन ।

यस्तै जुम्लाका  ४० वर्षका  मुन बहादुर रावत,बाँकेका ३० वर्षका रामबरण हरिजन,रूकुमका २५ वर्षका दीपक कामी रभारत विहारका  ६७ वर्षका जाेगेन्द्र राम रहेकाे जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताएका छन ।

मृत्यु भएका ४ जनाकाे भने अझै पहिचान खुल्न बाँकी रहेकाे छ ।

नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको  थियाे ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस