२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

राप्ती नदिमा  भएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल द्वारा  दु :ख व्यक्त

काठमाडौ, २८ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राप्ती नदिमा  भएको बस दुर्घटना  प्रति दु :ख व्यक्त गरेका हुन । प्रधानमन्त्री दाहालले दुर्घटनामा मृत्यु हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन । 

दाहाले   सम्पूर्ण घाईतेकाे उद्वार  औषधी उपचारकाे ब्यबस्थापन मिलाउन प्रहरी प्रशासन र अस्पताललाई  निर्देशन गरेका हुन । 

प्रधानमन्त्री दाहालले बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १०  दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खस्दा १२ जना यात्रुको मृत्यु भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दछु भनेका हुन ।  प्रधानमन्त्री दाहालेले घटनाकाे सत्यतथ्य जाँचबुझ गरि तत्काल घटनाकाे बिवरण पठाउन निर्देशन गरेकाे प्रधानमन्त्रीका सल्लाहकार गाेबिन्द आचार्यले जानकारी दिएका हुन ।

दुर्घटना परि मृत्यु भएका १२ जनामध्य ८ जनाकाे सनाखत भईसकेकाे छ । दुर्घटनामा परी अन्य २३ जना घाइते भएका छन । बस नमस्ते नेपाल यातायात प्रा.लि.को रहेको खुल्न आएको छ । बस चालक सल्यान त्रिबेणी गाउँपालिका ४ का २८ बर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ । बस नमस्ते नेपाल यातायात प्रा.लि.को रहेको खुल्न आएको छ ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस