सल्यान, २ माघ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा सल्यानको कपुरकोटको गाउँपालिका जिल्लामै उत्कृष्ट बनेको छ । गाउँपालिकाले स्वमूल्यांकनमा ८८ दशमलव २५ प्रतिशत अंक प्राप्त गरेर जिल्लामै उत्कृष्ट बनेको हो । गत आर्थिक वर्ष २०७९/२०८० मा सल्यानका दश पालिकामध्ये कपुरकोट गाउँपालिका जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताए हुन ।
उनका अनुसार गाउँपालिकाले शासकिय प्रवन्ध, न्यायिक कार्य सम्पादन र सहकार्य समन्वयमा शत प्रतिशत अंक ल्याउन सफल भएको छ । यस्तै पालिकाले सेवा प्रवाहमा ९६ दशमलव ८८ प्रतिशत, वित्तिय तथा आर्थिक व्यवस्थापनतर्फ ८८ दशमलव ६४ प्रतिशत, संगठन तथा प्रशासनमा ८७ दशमलव ५ प्रतिशत अंक ल्याउन सफल भएको प्रशासकिय अधिकृत वलीले बताएका हुन ।
यस्तै वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ८१ दशमलव ८२ प्रतिशत, भौतिक पूर्वाधारमा ७६ दशमलव ९२ प्रतिशत, सामाजिक समावेशीकरणमा ८० प्रतिशत र वातावरण संरक्षण तथा विपद व्यवस्थापनतर्फ ७७ दशमलव ७८ प्रतिशत अंक ल्याउन सफल भएको उनले बताएका हुन ।
व्यवस्थित योजनाका साथ कानूनको दायराभित्र रही प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रयासमा कपुरकोट गाउँपालिकाले स्वमूल्यांकनको नतिजामा सल्यानमै उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताएका हुन ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कन गर्ने गरेको छ । सोहि मूल्यांकनमा सल्यानको कपुरकोट गाउँपालिका जिल्लामै उत्कृष्ट बनेको हो । मूल्यांकनका आधारमा स्थानीय तहले बजेट पाउने गरेका छन् ।