२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

अर्गानिक कृषि पत्रकारीता तालिम सुरु

दाङ, ४ माघ । दाङको तुलसीपुरमा अर्गानिक कृषि पत्रकारीता तालिम सुरु भएको छ । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजनामा एकदिने कृषि सम्वन्धी पत्रकारीता तालिम सञ्चालन गरिएको छ । संस्थाका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्तामा तालीम सञ्चालन भएको हो । 

तालिमको उद्घाटन गर्दै नगरप्रमुख टिकाराम खड्काले पर्यावरण जोगाउने वाहनामा विभिन्न रोगहरुको सिर्जना हुँदै गएको बताए । खेतवारीमा उत्पादन बढाउने, नाफा मुलक व्यवसाय गर्ने उदेश्यले विषादीको प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असरहरु देखा पर्न थालेको उनले बताए । अहिले विषादीयुक्त वस्तुहरुको प्रयोगको समस्याको समाधान गर्न नसक्ने भइसकेको अवस्थामा पुगेको बताए । 

नेपाल पत्रकार महासंघ दाङका सह–सचिव दिप्तीशिखा चौधरीले पत्रकारहरुका लागि यो पहिलो भएको बताइन् । उनले यस्ताखाले तालीमले पर्यावरण संरक्षण र अर्गानिक उत्पादनबारे सुसूचित गर्न सहयोग पुग्ने बताइन् । तालिममा स्थानीय पत्रकारहरुको सहभागीता रहेको छ । तालिमको प्रशिक्षकमा लुम्बिनी प्रदेशमा कृषि अधिकृत अनिल वानिया र कृषि पत्रकार कृष्ण खनाल रहेका छ्न ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस