२०८३ जेष्ठ २६ गते मङ्गलवार | 2026 June 9th Tuesday

स्थापना दिवस मा रक्तदान कार्यक्रम

दाङ, ४ माघ । तुलसीपुरमा रहेको राइजिङ टुगेदर मिडिया प्रालिद्वारा संचालित  सिएनटी प्रेस डटकमले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना  गरी मनाएको छ । 

माघ २ र ३ गते नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको भवनमा २ दिने आधारभूत पत्रकारिता तालिम संचालन गरेकि थियो भन्ने आज माघ ४ गते रक्तदान कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो । 

पछिल्लो समयमा तुलसीपुर स्थित नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र तुलसीपुरमा रगत अभाव हुँदै आइरहेको हुँदा आफुहरुले रक्तदान कार्यक्रम संचालन गरिएको सिएनटी प्रेस का प्रमुख / सम्पादक सागर सुबेदीले बताएका हुन ‌। 

तुलसीपुर उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका खेलकुद संयोजक शिवानन्द डि सी को प्रमुख आतिथ्यमा सम्पन्न गरिएको रक्तदान कार्यक्रममा बोल्दै  प्रमुख अतिथि डि सी ले समाज परिवर्तनको पक्षमा काम गर्ने समाचार संस्थाले यस्ता सामाजिक कार्यका लागि पनि कार्यक्रम आयोजना गरी समाज संगै राष्ट्रको लागि हित हुने कामगर्नु गर्वको कुरा रहेको बताएका हुन । यस्तै आगामी दिनमा पनि यस्तै सकारात्मक कार्यमा संगै समाज सुधार कार्यमा आफ्नो कलम सधै चलिरहोस भन्दै शुभकामना समेत व्यक्त गरेका हुन ।

यस्तै कार्यक्रममा  नवराज गौतम , नवराज सुवेदी, देवेन्द्र कालाथोकी, वंशीराज शर्मा,प्रेम वली लगायतको उपस्थिती रहको थियो भने , २ दिने आधारभूत पत्रकारिता तालिम सन्चालन का प्रशिक्षकहरु बसन्त पौडेल,जित सागर जि एम,मदन बि क, राकेश बस्नेत, दिपक बोहोरा, सुमन के सी,यज्ञ बहादुर बुढा लाइ कदर पत्र सहित सम्मान गरिएको थियो । २०७९ माघ ४ गतेबाट सन्चालनमा आएको सिएनटी प्रेस डट आजको दिन देखि पहिलो बर्ष पार गर्दै दोस्रो बर्षमा प्रवेश गरेको हो ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस