दाङ, ५ माघ । गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको कक्षा १२ का विद्यार्थिहरुको परीयोजना कार्य फुड फेस्टीवल जस्तै बनेको छ । सो विद्यालयले शुक्रवार तुलसीपुर उपमहानगरपालिका—१० पड्डामा आयोजना गरीको परीयोजना कार्यले खाना महोत्सवको झल्को दिन्थ्यो ।
२ सय २४ विद्यार्थिहरुलाइ विभिन्न समुहमा विभाजन गरेर त्रिपालमा बसाइएको छ । सत्र हरेक समुहलाइ भिन्नाभिन्नै त्रिपालमा बसाइएको छ । कसैले चामलको पिठो मुछेर ढिक्रिका लोला बनाउदै छन् । कसैले अनदिको रोटि बनाउन अभ्यस्त छन् । केहि तरकारी अचारको जोहो गर्न आलुगोवि सुम्सुम्याइरहेका छन् । कसैले दुना टपरी गासिरहेका छन् त कसैले प्रशिक्षकको भुमिका निर्वाह गरीरहेका छन् । प्रशिक्षकमा स्कुले शिक्षक भन्दा पनि स्थानिय थारु समुदायका युवती थिए ।
ठुलो वारीको काल्ना मुनी कुनामा एक दर्जन जति माटोका चुलामा ढिक्रिका वाहन बसाइएको छ । आगो बलिसकेकाले ढिक्रि ढाकेको ढकियामाथी पानीको वाफ आइरहेको थियो, मानौं, अव ढिक्रि तयार हुनै थालेको छ । अर्को इटाको इल्टा लगाएको चुल्होमा तरकारी पाक्दै छ । ढिक्रि बनाउन र अनदिका रोटि बनाउन थारु समुदायका दर्जन जति महिलाहरुले प्रशिक्षण दिइरहेका छन्, तरकारी अचार भने विद्यार्थि आफ्नै सिपले बनाउने अभ्यासमा छन् ।
तुलसीपुर उपमहानगरपालिका—६ स्थीत गोरखा सेकेन्डरी स्कुल कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थिहरुको समाजशास्त्र विषयको ‘प्रोजेक्ट वर्क’का क्रममा विद्यार्थिहरुले थारु भान्साको अभ्यास गरीरहेका थिए, जुन परीकार विशेषगरी माघि पर्वमा पाक्ने गर्छन । यो परीयोजना कार्यले विद्यार्थिहरुलाइ फाइनल इक्ज्याममा २४ सम्म प्राप्त हुन्छ, प्रयोगात्मकको शिप मुल्यांकनका आधारमा । सामाजिक अध्ययन तथा जिवन उपयोगि शिक्षाको परीयोजना कार्यको व्यवस्थापकिय नेतृत्व गोरखा मावि तुलसीपुरका व्यवस्थापन समुह संयोजक डम्वर डागिले गरेका थिए । साथमा विद्यार्थिहरुलाइ हौसला प्रदान गर्न सामाजिक विषयका शिक्षक पुर्ण विक्रम डांगी, एकेडमिक कोअर्डिनेटर दुर्गा केसी, गोरखा मोडल कलेजका पुर्व प्राचार्य वेद प्रसाद भट्टराइ, खेलकुद संयोजक सुरज केसी र सो विद्यालयका प्राचार्य विजय जिएम पनि सहभागि थिए ।
कक्षा १२ कि जया गोदाले चुलोमाथि ढिक्रि तयार गर्दै थिइन् भने उनलाइ त्यहिकै स्थानिय चौधरी दिदिले ढिक्रि तयार गर्न सिकाइरहेकि थिइन् । अर्का विद्यार्थि भुवन परीयारले मालुकाका पात गासेर दुना टपरी तयार गर्दै थिए, जुन काम उनकालागी जिवनमै पहिलो हो । अर्का छात्र ववीता रेउलेको टिमले अनदिको पुरी तयार गर्दै थियो भने अन्य विद्यार्थिहरुले तरकारी र अचारका सामाज्रि तयार गर्दै थिए ।
सामाजिक विषयमा खास गरी धर्म, संस्कृति र सामाजिक परम्परा भन्ने पाठ छन् । यस अघि विद्यालयले यस अघिका व्याचलाइ विभिन्न धार्मिक स्थलमा लगेर परीयोजना कार्य गराइन्थ्यो, यसरी सामाजिक परम्पराको अभ्यास भनेको पहिलो शिकाइ भएको व्यवस्थापन संकायका संयोजक डम्वर डांगिले भने ।