२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको ५३ औँ वार्षिकोत्सव सम्पन्न

दाङ, १० माघ । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको ५३ औँ वार्षिक उत्सव तथा अभिभावक समारोह कार्यक्रम आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षता तथा पूर्व प्रतिनिभि सभा सदस्य सुजिता शाक्यको प्रमुख आतिथ्यता एवम् नेकपा एमालेका केन्द्रिय सदस्य कोमल वली र घनश्याम पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । 

बार्षिक उत्सव कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीलाई कतावी ज्ञानसँगै समाज र समुदायको पनि अध्ययन गर्न प्ररित गर्नु पर्ने बताएका छन् । आजभोलीका विद्यार्थीले वाहिरी वातावरणको बारेमा अध्ययन गर्ने वातावरण नहँुदा कितावी ज्ञान र मोवाइलमा मात्रै सीमित हँुदै गएको बताउँदै वाहिरी वातावरणको पनि अध्ययन गर्न आवश्यक रहेको बताएका हुन् । विद्यालयमा हाल २ हजार ४ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् भने ८२ जना शिक्षकहरुले अध्यापन गराइरहेका छन् । विद्यालयका प्रधानअध्यापक भागवत पौडेलले प्रगति प्रवेदन र विद्यालय व्यवस्थापन समितिका सदस्य नरेश वलीले आर्थिक प्रतिवेदन प्रस्तुुत गर्नु भएको थियो । विद्यालयमा ६० वटा सिसिटिभिको निगरानीमा रहेर विद्यार्थीहरुले अध्ययन अध्यापन गरिने हुनाले हरेक अविभावकलाई विद्यार्थीहरुको बारेमा बुझ्ने वातावरणको व्यवस्था भएको जानकारी गराइएको थियो ।

विद्यालयको १३ वटा बैँकमा रहेका खातामा २२ करोड, ११ लाख, ७३ हजार, ३ सय ३० रुपैयाँ २३ पैसा बचत रहेको आर्थिक प्रतिवेदनमा जानकारी गराइएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारी, वडा नंबर ६ का वडाअध्यक्ष दुजमान भण्डारी, १८ वा अध्यक्ष माधव वली, बालअधिकारकर्मी नवराज लामिछाने, मावन अधिकारकर्मी शुशील बस्नेत, पत्रकार संगीत बस्याल, असर मावि उरहरीका प्रधानाध्यापक पदम वली, विद्यार्थी राजु विश्वकर्मा लगायतले बोलेका थिए । 

कार्यक्रममा विद्यालयप्रति योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो भने विद्यार्थीहरुले मनोरञ्जनात्मक गीत तथा नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस