धनगढी, १० माघ । एक व्यवसायीले घरकाे छतबाट हाम फालेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवाल रहेका छन् ।
अग्रवालले आज बुधवार विहान करिब साढे ११ बजेतिर पाँच तले घरकाे छतबाट हाम फालेर आत्महत्या गरेकाे प्रहरीले जनाएको छ । छतबाट हाम फालेका अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक जानकारी अनुसार पारिवारिक विवादका कारण उनले आत्महत्या गरेकाे बुझिएको छ । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अग्रवाल लामोसमयदेखि धनगढीमा कस्मेटीक सामानको होलसेल ब्यापार गर्दै आएका थिए । अहिले बसपार्क छेउमा उनले पछिल्लो समय आफ्नै पाँच तले घर बनाएर तल्लो भुइँ सटरमा ब्यवसाय सञ्चालन गर्दै आएका थिए ।
प्रकाशित मिति : २०८० माघ १० गते बुधवार