२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

बबई रनिङ शिल्डको उपाधि सरस्वती मावि चरमटियालाई

दाङ, १० माघ । बबई गाउँपालिका अन्तर विद्यालय स्तरीय १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि सरस्वती मावि  चरकमटियाले जितेको छ । 

सरस्वती मावि चरकमटियाको आयोजना तथा बबई गाउँपालिकाको आर्थिक व्यवस्थापनमा सञ्चालित प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र ६ काश्य पदक हात पार्दै सरस्वती मावि चरकमटियाले रनिङ शिल्ड जितेको हो ।

त्यस्तै लगातार तीन वर्ष जित निकाल्दै शिल्ड कब्जा गरेको मावि  पदमपुर १२ स्वर्ण, ७ रजत र १० कान्य पदकका साथ द्वितीय हुँदा सरस्वती जनता मावि  गङ्गटे ५ स्वर्ण, ४ रजत र ५ काश्य पदकका साथ तृतीय भएको आयोजक विद्यालयले जानकारी दिएको छ । 

तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका स्तरका सामुदायिक तथा निजी विद्यालय गरि १२ विद्यालयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस