
दाङ,१३ माघ । दाङ तुलसीपुरको अरनिको मैदानमा शनिबारदेखि मानव सेवा आश्रमको भवन निर्माणार्थ सञ्चालन हुन लागेको श्रीमद भागवत ज्ञान विज्ञान महायज्ञमा भायनेटले निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने भएको छ ।
माघ १३ गतेदेखि २० गतेसम्म हुन गइरहेको महायज्ञमा भक्तजनहरूको सहजताको लागि महायज्ञ परिसरमा निःशुल्क फ्रि वाईफाइ सेवा सुविधा उपलब्ध गराउने भायनेट तुलसीपुर शाखा प्रमुख विकास बस्यालले जानकारी दिएका हुन ।
यस्तै उनले महायज्ञ महायज्ञमा दान गर्ने सम्पूर्ण दाताहरूलाई घरमा भायनेट जडान गर्न चाहेमा थप सुविधाहरू उपलब्ध गराउने समेत बताएका छन । उनका अनुसार भायनेट जडान गर्दा जुनसुकै प्याकेजको वार्षिक ग्राहक बन्न चाहेको खण्डमा थप २ महिना सेवा उपलब्ध गराउने गराइन्छ । तुलसीपुरमा ५० एमबिपिएससम्मको इन्टरनेट र टिभी सेवाको लागि वार्षिक ५ हजार ९९९ शुल्क रहेको समेत उनले बताए । उनका अनुसार भायनेटले तुलसीपुरमा हुने विभिन्न खालका सामाजिक कार्यहरू यसै गरी नि :शुल्क इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको समेत बताएका छन ।