
दाङ, १३ माघ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की राजेशले वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् ।
दाङ बबई गाउँपालिकाको समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले वामपन्थी शक्तिहरू एकजुट भएमा मुलुक समृद्धिको मार्ग मा अगाडि बढ्ने बताएका हुन् । वामपन्थी शक्तिहरू एकजुट भएमा मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने उनको भनाइ थियो। उनले ढिलो चाँडो इमान्दार वामपन्थी शक्तिहरू एकजुट हुने समेत बताएका छन् ।
मुलुकमा ६५ प्रतिशत कम्युनिष्ट रहेको भन्दै समाजवाद पग्न ती शक्तिहरूबीच एकता आवश्यक रहेको बताए । बबईमा माओवादी केन्द्रका बबई गाउँपालिका अध्यक्ष एकलाल घर्तीको अध्यक्षतामा समाजवादी मोर्चा घोषणा गरिएको छ ।
शनिबार ९ सदस्य समाजवादी मोर्चा घोषणा गरिएको हो । त्यस अवसरमा समाजवादी मोर्चाका नेताहरूले मन्तव्य व्यक्त गरेका थिए ।