२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

 राप्ती बाल एकाडेमीको १५ औं वार्षिकोत्सब सम्पन्न

दाङ, १३ माघ । राप्ती बाल एकाडेमी तुलसीपुरको १५ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । नेपाली संस्कारमा आधुनिक शिक्षा भन्ने मुलनाराका साथ यहाँका प्राज्ञक व्यक्तिहरुले २०६५ सालमा स्थापना गरेको स्कुलले तुलसीपुरमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको सहभागीहरुले बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार पाण्डेको अध्यक्ष तथा एनप्याव्सनका केन्द्रिय उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै केन्द्रिय उपाध्यक्ष डाँगीले पछिल्लो समयमा नेपालका दक्षय जनशक्तिहरु बारिएको भन्दै नेपालमै बस्ने वातावरण सवै क्षेत्रबाट बनाउनु पर्ने बताए । 

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारी, राप्ती बबई क्याम्पसका पूर्व क्याम्पस प्रमुख महेश आचार्य, एनप्याव्सन दाङका जिल्ला अध्यक्ष भोजराज न्यौपाने, सचिव शालिकराम कार्की, प्याव्सनका लुम्विनी प्रदेशका सदस्य बासु रिजाल, १९ नं. वाहिनेका सहसेनानी दिपक भट्ट, राप्ती बाल एकाडेमीकी पूर्व विद्यार्थी किर्ति डाँगीलगायतले बोलेका थिए । त्यस्तै कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सीपल सुर्यप्रकास शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा  बार्षिक उत्सवमा प्रगति प्रतिवेदन पेश गदै  विद्यालयका प्रिन्सीपल ठाकुरप्रसाद डाँगीले हाल विद्यालयमा कक्षा १० सम्म पढाई हुने गरेको र ५ सय ८२ जना विद्यार्थीहरु अध्ययन गरि रहेको बताएका थिए ।

कार्यक्रममा विद्यार्थीहरु निर्माण गरेका विभिन्न विज्ञान तथा आफ्ना कलाहरु प्रदर्शनिमा राखेको थिए । बार्षिक उत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु, नृत्य, गित,खेलहरु प्रस्तुत गरेका थिए । बार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रममा प्रथम, द्धितिय, तृतिय हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस