२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

४३ लाख रुपैयाँको लागतमा स्तनपान कक्ष स्थापना

दाङ, १४ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका-१३ को वडा कार्यालयमा स्तनपान कक्ष स्थापना गरिएको छ । वडाले निर्माण गरेको नयाँ भवनमा कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिएको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए । 

जिल्लाका एक सय वडामध्ये तुलसीपुर–१३ ले पहिलो पटक स्तनपानकक्ष स्थापना गरेको अध्यक्ष पौडेलले बताए । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी, वा निजी संघसंस्थाले कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउन पनि स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ । ४३ लाख रुपैयाँको लागतमा वडाको चारकोठे भवन निर्माण गरिएको हो ।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस