२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

महायज्ञको दोस्रो दिन २ लाख ४६ हजार रकम संकलन

दाङ, १४ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको दोस्रो दिन २ लाख ४६ हजार बढी रकम संकलन भएको छ । 

आतइबार महायज्ञमा सबैभन्दा बढी दान गर्नेमा  तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी बुद्धिलाल भण्डारी रहेका छन् । उनले ५५ हजार ५५ रुपैयाँ दान गरेका छन् । 

यसैगरी तुलसीपुर उपमहानगरपालिका–५ हिमालटोल बस्ने खेमकान्त पाण्डे र सावित्रि पाण्डेले ५१ हजार १ सय ५ रुपैयाँ दान गरेका हुन् । 

तुलसीपुर उपमहानगरपालिका– ४ रक्षाचौर बस्ने टेकबहादुर वली र रेवता वलीले ३१ हजार १ सय ५५, तुलसीपुर उपमहानगरपालिका–५ नामिनगर बस्ने  नामीनगर आमा समुहले ३१ हजार ५ , तुलसीपुर स्थित घ लाईन बस्ने शेषकान्त पराजुली र प्रेमकुमारी पराजुलीले २५ हजार १ सय २५ , बुद्धनगर टोल विकास संस्थाले १५ हजार ५ सय ५५,  नेवादवु तुलसीपुर नगरले ११ हजार १ सय ११ रुपैयाँ महायज्ञमा दान गरेका हुन् । मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञको दोस्रो दिन ३ वटा संघसंस्था र १५ जना व्यक्तिगत गरी १८ जनाले रकम  दान गरेका छन् । उनीहरुले गरेको दानबाट २ लाख ४६ हजार ७ सय ३२ रुपैयाँ नगद संकलन भएको छ ।

यसैविच जिल्ला समन्वय समितिका दाङका संयोजक नित्यान्द शर्माले महायज्ञको उदेश्यलाई सफल बनाउन समन्वयकारी भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन्  । महायज्ञमा सहभागी हुँदै उनले मानव भएर मानवसेवा गर्न सबैभन्दा ठुलो धर्म रहेको यसमा सबैको अनिवार्य सहभागिता हुनुपर्ने बताए ।  सरकारको दायित्वलाई मानव सेवा आश्रले अगाडी बढाएको भन्दै मानवसेवा आश्रमको अभियानलाई सफल बनाउन आफुले तीनै तहका सरकारविच समन्वयको सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । 

महायज्ञमा जिल्ला समन्वय समितिका सहसंयोजक चेतना चौधरी, जिल्ला समन्व्य समिति अधिकारी मोहन सुवेदी  तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस