२०८२ साउन २ गते बुधवार | 2025 July 16th Wednesday

मृगौला पीडित एन्जिला बुढाथोकीलाई आर्थिक सहयोगका लागि अपिल

दाङ, १५ माघ । दुवै मृगौला फेल भएकी तुलसीपुर उपमहानगरपालिका  ६ रजौराकी १६ वर्षीया एन्जिला बुढाथोकीको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । दुवै मृगौला फेल भएर डायलासिस गराइरहेकी उनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको हो ।

मृगौला फेल भएपछि उपचार गराउन आर्थिक समस्या परेकोले उपचारका लागि सबैसँग अपिल गरिएको आमा निशा बुढाथोकीले अपिल गरेकी छन् । ‘आर्थिक अभावका कारण छोरीको उपचार गराउन सकेको छैन् ।’ उनले भनिन्–‘ सहयोगका लागि अपिल गर्दछु ।’ छोरीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताइन् ।

उनले छोरीको उपचारका लागि ९८२९५२२६९७ मा सम्पर्क गरिदिन अनुरोध गरेकी छन् । उनले एनआईएमबी बैंकमा गीता कार्कीको खाता नम्बर ०३१०५३५०२५४३५९ मा पनि रकम जम्मा गर्न सकिने बताईन् । उनका अनुसार मृगौलाको उपचार गर्न करिब २० लाख  लाग्ने डाक्टरहरूले बताएका छन् । गत पुस २२ गते मृगौला फेल पत्ता लागेपछि अहिले डायलासिस गरिरहेको उनले बताइन् ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस