२०८२ साउन २ गते बुधवार | 2025 July 16th Wednesday

भाइरल अन्जुको पहिलो गीत `डोरी बाटेर´ सार्बजनिक

दाङ, १५ माघ । भाइरल अन्जु विश्वकर्माको पहिलो गीत `डोरी बाटेर´ सार्बजनिक भएको छ । केहि समय अगाडि दैलेखदेखि गीत गाउने भन्दै चप्पल संग कोहलपुर सम्म अन्तरबार्ता दिन आएकी थिईन । आज उनै मन्जु विश्वकर्मा र कमल बिसी (मालदाई) को आवाजमा रहेको `डोरी बाटेर´ बोलको लोक गीत सार्वजनिक भएको हो । 

आफू पनि समीक्षा अधिकारी , रचना रिमाल , सिम्रन परियार जस्तै गीत गाएर दर्शक माझ चिनिने सपना भएको बताउने अन्जु पछिल्लो समयमा निकै भाइरल भएकी छिन ।

उनलाई केही समय अगाडि मिडिया कर्मी पारस भट्टराई  र गोविन्द साउदले मिडियामा ल्याएका थिए भन्ने मिडियामा आइसकेपछि धेरै दर्शक श्रोताहरुले माया पाएकी अन्जु पछिल्लो समयको भाइरल गायिकाको रूपमा चिन्निने गरेकी छिन् ।

उनीलाई मिडिया सँगसँगै गीत संगीतसम्म चिनाउनेमा मिडियाकर्मी पारस भट्टराई  र गोविन्द साउद दुबैको निकै ठुलो भुमिका रहेको समेत देख्न सकिन्छ । यस्तै भाइरल गायिका अन्जुको दोस्रो गीत पनि रेकर्डिङ भइसकेको छ ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस