२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

जहाँ पैसा संग तुलना गरिन्छ त्यहाँ मानवीय सेवा हुदैन : प्रमुख संस्थापक अधिकारी

निरला अर्याल

दाङ, १९ माघ । भनिन्छ “”मानवताको कुनै घेरा हुदैन”  मानिसले गर्ने मानवीय धर्मलाई पैसा संग तुलना गरियो भने त्यो निरर्थक  बन्छ  । जहाँ पैसा संग तुलना गरिन्छ त्यहाँ  मानविय सेवा हुदैन । धेरै धन सम्पती भन्दा असल कर्म  रोज्नु अति उत्तम हुन्छ ।

कोही नहुने र केही नहुने , हँसाए हाँस्ने, रुवाए रुने , खुवाए खाने हरुको लागि दरिलो खम्बा बनेर संरक्षकत्व प्रदान गर्दै आउनु भएका मानव सेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले आफूलाई यही सेवामा समर्पित गरेको बताए ।  खुल्ला आकाश लाई छानो बनाएर सडक पेटी र गल्लीहरूमा भोक भोकै  रात बिताउने हरुको अवस्था नजिक बट नियाल्यौ भने साच्चिकै कहाली लाग्दो अवस्था छ । कोही घर परिवारको अपहेलना बट विरक्तिय का छन् भने कोही आफ्नो अर्धाङ्गिनी को मृत्यु पश्चात डिप्रेसनको सिकार भयर अचेत जीवन बिताइरहेका छन् । आङमा वस्त्र , खुट्टामा चप्पल केवल रित्तो भयर छाडा पशुचौपाया झै बनेको साक्षात् भगवान मानिने सडक आश्रित हरको भवन बनाउन का लागि धेरै जिल्लाहरू मा सप्ताह ज्ञान विज्ञान महायज्ञ सम्पन्न भईसकेको  प्रमुख कथबचक भास्कर कमल नयन गौतले जानकारी दिएका छन । 

दाङ को सुन्दर नगरी तुलसीपुर मा मानवताको मन्दिर निर्माणका लागि आफू नितान्त मानवीय सेवा भावले कथा वाचक को रूपमा आएको हो गौतमले भने । जो संग जे छ त्यही गरौं जति छ त्यति गरौं तर मानवताको प्रवर्धन को लागि केही न केही अबस्य गरौं  गौतमले भने । यति मात्र होइन भवन निर्माणको गुरु योजना को लागि लाखौं रुपैयाँ खर्च गर्नु पर्ने अवस्थामा  मानवीय हिसाबले स प्रेम सहयोग गरेर आश्रम को उदेश्यले थप सहजता गराउने इन्जिनियर सजीव शाक्य को भुमिका महत्वपुर्ण रहेको प्रमुख संस्थापक रामजी अधिकारी को भनाई छ ।

मानव सेवा आश्रम निर्माणको का लागि तुलसीपुरमा सञ्चालन भईरहेको श्रीमद् भागवत ज्ञानविज्ञान महायज्ञ मा अन्य जिल्ला बट आएर विशुद्ध सेवा मा तलिन्न रहेर दाङ्ग बासीलाई  उत्प्रेना दिएको महायज्ञ मूल आयोजक समितिका सदस्य सचिव बुद्ध प्रकाश सिंहले बताएका हुन । सबैले सबै सबै क्षेत्र बट सहयोग गर्न सिंह ले अपील गरेका छन । 

यस्तै महायज्ञ मूल समिति का सल्लाहकार चिरञ्जीवी   रिजालले यज्ञ सञ्चालन क्रममा केही त्रुटि भए सचिएर अगाडि बढ्ने र त्रुटि औंल्याएदिन आग्रह गरेका छन । आश्रमको भवन निर्माणको  काम पारदर्शी ढंगले लैजान सबै जनाको महत्व पूर्ण सहयोग हुनु पर्छ रिजाल ले भने ।  

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस