२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

ज्ञान ज्योति फाउन्डेसनको महायज्ञमा सबैभन्दा धेरै १० लाख बढी आर्थिक सहयोग

दाङ, २१ माघ । मानव सेवा आश्रमको भवन निर्माणार्थ तुलसीपुर अरनिको मैदानमा माघ १३ गतेदेखि सञ्चालन गरिएको महायज्ञमा पश्चिम दाङमा रहेको सर्वउत्कृष्ट शैक्षिक संस्था ज्ञान ज्योति एजुकेसन फाउन्डेसनले आश्रमको भवन निर्माका लागि सबैभन्दा धेरै आर्थिक सहयोग गरेको छ । फाउन्डेसनका अध्यक्ष तथा शैक्षिक अभियान्ता टिकाबहादुर जिसी र सिओ सुरेन्द्र जिसीले १० लाख ६६ हजार ६ सय ६६ रुपैया सहयोग प्रदान गरेका हुन । फाउन्डेसन अन्तर्गतका विद्यालय, शिक्षक, विद्यार्थी, र कर्मचारीहरुले सहयोग गरेको सहायक कलेज प्रमुख मनोज के.सी. ले जानकारी दिएका हुन  ।

फाउन्डेसनले वार्षिक १ लाख ११ हजार रुपैया मानव सेवा आश्रम सञ्चालनार्थ दिने प्रतिबद्धता घोषणा गरेको छ । महायज्ञ अवधिभर सबैभन्दा बढि नगद दान फाउन्डेसनले गरेको हो । संस्थाले सामाजिक रुपान्तरणको अभियानमा विभिन्न समयमा सामाजिक सघ सस्थाहरु सग हातेमालो गर्दै आएको छ । ज्ञान ज्योति पश्चिम नेपालीको उत्कृष्ट शैक्षिक सस्थाको रुपमा स्थापित नाम हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ र ७ को सिमाना हलवारमा मानव सेवा आश्रमको भवन निर्माण हुन लागेको हो । महायज्ञबाट लक्ष्य अनुसारको रकम उठे पछि अबको दुई बर्ष भित्र आधुनिक मानव स्मारक निर्माण हुने भएको हो । आश्रमको भवन निर्माणका लागि १५ करोड लाग्ने अनुमान गरिएको छ । महायज्ञबाट पाँच करोड बढी रकम संकलन गरेको छ ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस