
दाङ, २१ माघ । दाङको घोराहीमा प्रहरी जवानले होटेलमा लगेर श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका बिक र साढे दुई वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिएका छन ।
घोराहीको राप्ती सुपरलज होटेलको कोठा नं १ मा बसेका प्रहरी जवानले आज बिहान ७ बजे श्रीमती र छोराको सलले घाँटी कसेर हत्या गरेको डीएसपी मल्लले बताएका हुन । श्रीमती शनिबार दिउँसो नेपालगञ्जबाट श्रीमानलाई भेट्न घोराही आएकी थिइन । रोल्पाको रुन्टीगढी गाउँपालिका –९ सखी घर भएका प्रहरी जवान पिमलाल नेपाली नेपालगंजबाट सरुवा भएर २ महिना अघि मात्र जिल्ला प्रहरी कार्यालय घोराहीमा आएका थिए । श्रीमतीले श्रीमानसँग बस्ने भनेपछि विवाद उत्पन्न हुँदा घटना भएको प्रहरीले बताएको छ ।